Incident Reports

No translation available.

2012-10-17

Manohar Kumar Pokharel

समाचार पत्निको मृत्युपछि पति फरार, हत्याको अनुमान सप्तरी । असोज ३० गते

रुपनगर गाविस-८ की ३५ वर्षीया पवित्रादेवी महतो ०६९ असोज २९ गते घरमा मृत अवस्थामा फेला परेकी छिन् भने निजका पति लेलाई महतो फरार रहेका छन् । जेठी पत्नीको मृत्युपछि चार वर्षअघि सुनसरीको भोक्राहाकी पवित्रादेवीसँग विवाह गरेका लेलाइ कान्छी पत्निको मृत्युलगत्तै फरार भएपछि प्रहरीले हत्याको अनुमान गरेको छ ।

पिठ्युँभरी बाँसको चिर्पटको नीलडाम रहेको लासको प्रकृतिअनुसार हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । लेलाईले सधैँ रक्सी खाएर पत्निलाई कुटपिट गर्ने गरेको छिमेकीहरुले बताएका छन् । घरमा दिनहुँ झै-झगडा हुन थालेपछि लेलाईकी आमा जहदी कोइरी महतो महुली प्रहरी चौकी नजिकै घर भएकी छोरीसँग बस्दै आएको जहदीले बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis