Incident Reports

बहुविवाह गरेको आरोपमा उजुरी

2016-03-31

Bagmati, Nuwakot, Kispang, Ward 5

मनकामना गाविस-३ की ३५ वर्षीया कमला लामाले आफू घरमा हुँदाहुँदै ३६ वर्षीय पति राजन लामाले उदयपुर जिल्ला भूटार गाविस-२ की ३६ वर्षीया सुनिता कार्कीसँग अर्को बिवाह गरेको भन्दै चैत १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी छिन् । पति राजनले सुनितासँग बिवाह गरेको चैत १२ गते थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताइन् । पीडितको मौखिक उजुरीपछि प्रहरीले राजन र सुनितालाई चैत १२ गते नै काठमाडौं बालाजुबाट गिरफ्तार गरि नुवाकोट ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

0 Comments