Incident Reports

गलत समाचार प्रकाशन गरेको आरोपमा पत्रकारमाथि कुटपिट

2016-03-31

Lumbini, Dang, Rapti

 गोरक्ष दैनिकका भालुवाङ समाचारदाता सिसहनीया गाविस-७ निवासी २६ वर्षीय सन्तोषकुमार गुप्तालाई गलत समाचार प्रकाशन गरेको आरोपमा लालमटिया गाविस-३ पाखापानीका ३५ वर्षीय ऋषिराम पौडेलले चैत १८ गते कुटपिट गरेका छन । कुटपिटबाट गुप्ताको दाहिने आँखा र टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार गरिएको पीडितले बताए । एसएलसीको रिपोर्टिङ्का लागि भालुवाङ पुगेका गुप्तालाई चैत १५ गते भएको भालुवाङ खानेपानीको चुनावमा आफूले प्राप्त गरेको मत परिणाम भन्दा पत्रिकामा कम प्रकाशित गरेको भन्दै कुटपिट गरेको पीडितले बताए । नेपाल पत्रकार महासङ्घ दाङ शाखाले चैत १८ गते विज्ञप्तिमार्फत घटनाको भत्सर्ना गरेको छ । महासङ्घका अध्यक्ष सुदिप गौतमद्वारा जारी विज्ञप्तिमा समाचारको विषयमा चित्त नबुझे खण्डन गर्ने अधिकार हुँदाहुँदै पत्रकारमाथि हातपात गर्नु प्रेस स्वतन्त्रता विरुद्धको कार्य भएको भन्दै दोषीमाथि कारबाही र घाइते पत्रकारको उपचारको माग गरिएको छ । कुटपिट गर्ने विरूद्ध पीडितले कतैपनि उजुरी नगरेको बताएका छन् ।

जे.एन.सागर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments