Incident Reports

कालोबजारीविरुद्ध विद्यार्थीको संयुक्त आन्दोलन

2016-04-02

Bagmati, Kathmandu, Kathmandu, Ward 10

बजारमा देखिएको कालोबजारी, मंहगी, भ्रष्टाचारी र माफियाहरुविरुद्ध संयुक्त रुपमा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् । भृकुटीमण्डपबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार हुँदै रत्नपार्क गएर टुंगिएको थियो । आज संयुक्त विद्यार्थी संगठनहरूले कालोबजारी नियन्त्रण नभएको भन्दै सरकारमा रहेका दलहरुका विद्यार्थी संगठनसहित १३ विद्यार्थी संगठनले खबरदारीका साथ आन्दोनल सुरु गरेका हुन् । सभामा बोल्दै एमाओवादी निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रञ्जित तामाङले भने, ‘कालोबजारी र भ्रष्टाचारका मतियारहरु सिंहदरबार भित्रै संरक्षित रहेको बताए ।’ त्यस्तै नेविसंघका प्रवक्ता युपी लामिछानेले भने, ‘कालोबजारीका विरुद्वमा लामो समयदेखि विभिन्न कार्यक्रममार्फत विरोध जनाउँदै आएका छौं । नाकाबन्दीपछि पेट्रोलियम पदार्थ, इन्धन, खाद्यान्न लगायतमा मुल्य वृद्धि भएको छ । हामी कालोबजारीलाई घुँडा टेकाएरै छाड्नेछौं ।’ कालोबजारी नियन्त्रण नभए आगामी आइतबारदेखि देशैभरीका सदरमुकामबाट पनि आन्दोलन सुरु हुने पनि उनले बताए । अनेरास्ववियुका अध्यक्ष नविना लामाले भनिन्, ‘कालोबजारीको अन्त्य नहुँदासम्म संयुक्त आन्दोलन जारी रहनेछ ।’ ‘सिंहदरबारमा लुकेर बसेका कालोबजारीहरुको मुकुण्डो नउतारिँदासम्म आन्दोलन जारी रहने अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए ।’ कार्यक्रममा वैद्य निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष विरेन्द्र बस्नेत, अखित (छैठौं) का अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल (पाँचौं) का अध्यक्ष घनश्याम मिश्रलगायतले कालोबजारीको विरुद्व बोलेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students , UML and affiliated org , CPN (Maoist Center) and affiliated org
Actor 1 - Entity CPN M
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments