Incident Reports

चामल वितरणमा विभेद गरेको भन्दै चामल ढुवानीकर्तालाई कुटपिट

2016-04-01

Karnali, Dolpa, Tripurasundari, Ward 10

जुम्ला जिल्ला पटमारा गाविस-२ स्थायी घर भई नेपाल खाद्य संस्थानको खाद्यान्न ढुवानी गर्दै आइरहेका ३५ वर्षीय रामचन्द्र थापा लिकु गाविस घर भएका तिन जना युवकको कुटाईबाट गम्भिर घाइते भएका छन । लिकु गाविस-५ घर भएका २८ वर्षीय रनबहादुर धरला, २५ वर्षीय रामु बोहोरा र २६ वर्षीय बिष्णु बोहोराले समयमा खाद्यान्न नदिएको र वितरणमा विभेद गरेको भन्दै चैत १९ गते लिकु गाविस-४ स्थित स्वास्थ्य चौकी भवन नजिक सेरा भन्ने ठाउँमा चिरपट दाउरा र फलामको कुर्सीसमेतले टाउकोमा हिर्काएर गम्भिर घाइते बनाएको घाइते थापाले बताएका छन् । टाउको र निधारमा गहिरो चोट लागेका रामचन्द्र थापाको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक श्रीकान्त अग्रवालले घाइतेको अवस्था सामान्य हुँदै आएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other economic issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports