Incident Reports

इँटा भट्टामा श्रम गर्न गएका बालबालिकाको उद्धार

2016-04-01

Lumbini, Rolpa, Sunchhahari

इँटा भट्टामा श्रम गर्न भक्तपुर जिल्ला पुगेका रोल्पा जिल्लाका चार जना बालबालिकाको उद्धार गरी ०७२ चैत १९ गते अभिभावकलाई जिम्मा लगाइएको छ । बाल विकास समाज काठमाडौंको सहयोगमा उद्धार गरिएका मसिना गाविस-४ की १४ वर्षीया भूमिका घर्ती, फगाम गाविस-१ की १२ वर्षीया केशमाला परियार, जौलिपोखरी गाविस-२ का १४ वर्षीय गोबर्द्धन विक, र सोहि ठाउँका १२ वर्षीय नबिन बोहरालाई जिल्ला बाल कल्याण समितिले अभिभावकलाई जिम्मा लगाएको बाल कल्याण अधिकृत गोकर्णप्रसाद पुनले जानकारी दिए । भूमिकालाई बुवा टङ्क बहादुर घर्ती, नबिनलाई भिनाजु दिल बहादुर बुढा, गोबर्द्धनलाई बुवा तिलक विक र केशमालालाई आमा मागी परियारको जिम्मा लगाइएको पुनले बताए । उनीहरूलाई जिल्लास्थित विभिन्न बाल अधिकारबादी संस्थाका प्रतिनिधिहरूको रोहबरमा अभिभावकको जिम्मा लगाइएको थियो । नेपालको संविधानको धारा ३९(४) मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 4
Female Abducted 2
Youth Abducted 4
INSEC

0 Comments