Incident Reports

​विद्यार्थीद्वारा विपी राजमार्गमा एक घण्टा चक्का जाम

2016-04-03

Bagmati, Sindhuli, Kamalamai

सिन्धुलीका प्रमुख तीन विद्यार्थी संगठनले महंगी, भ्रष्टाचार, मूल्यबृद्धि नियन्त्रणको माग राख्दै बिहान एक घन्टा विपी राजमार्गमा गाडी ठप्प पारेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले महंगी, भ्रष्टाचार, मूल्यबृद्धि नियन्त्रणको माग राख्दै सदरमुकाम सिन्धुलीमाढीस्थित शान्तिनगर चोकमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना बसेर विपी राजमार्गमा यातायात ठप्प पारेका हुन् । मुलुकमा महंगी, भ्रष्टाचार, मूल्यबृद्धि, कालाबजारी, सामाजिक विकृती बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न सरकार उदासिन बसेको आरोप ती विद्यार्थी संगठनले लगाएका छन् । आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउने क्रममा चैत २२ गते प्रमुख जिल्ला अधिकारीलाई तीन विद्यार्थी संगठनकोतर्फबाट संयुक्त ज्ञापन पत्र बुझाउने र चैत २५ गते दिउसो १ बजे सडक बहस गराउने नेविसंघका जिल्ला सभापति उत्पल खड्काले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments