Incident Reports

मजदुरहरूले आमरण अनशन तोडे

2012-10-18

Dipen Neupane पर्सा । कात्तिक १ गते

दुइ दिनदेखि आमरण अनशनमा बसेका जीडी फर्मास्युटिकल्स औषधी उद्योगका मजदुर कर्मचारीहरूले ०६९ कात्तिक १ गते  बेलुकीदेखि आन्दोलन स्थगित गरेका छन् । उद्योग व्यवस्थापन र आन्दोलनरत मजदुर युनियनबीच भएको वार्तामा १४ बुदे सहमति भएपछि मजदुरहरूले १ गते बेलुकीदेखि आन्दोलन स्थगित गर्नुका साथै आमरण अनशन पनि तोडेका छन ।

कर्मचारीलाई स्थायी गर्नुका साथै तलब भत्तामा वृद्धि गर्नुपर्नेलगायतका माग पूरा गर्न उद्योग व्यवस्थापनले चासो नदेखाएपछि मजदुर युनिनयको आह्वानमा सातजना मजदुर कर्मचारीहरू ०६९ असोज ३० गतेदेखि आमरण अनसनमा बसेका थिए 

केसी लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis