Incident Reports

बलात्कार प्रयासका आरोपितलाई २ वर्ष ६ महिना कैदफैसला

2016-04-04

Bagmati, Chitawan, Khairahani

६० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको मुद्दामा चितवन जिल्ला अदालतले 'द्रुत मार्ग'पद्धति अपनाइ पाँच दिनमै फैसला सुनाएको छ । चैत २२ गते चितवन जिल्ला खैरहनी नपा-४ बस्ने ६२ वर्षीय कष्णबहादुर लामालाई २ वर्ष ६ महिनाको कैद सजाय सुनाइएको अदालतका सूचना अधिकृत कृष्ण बरालले जानकारी दिए । लामाले गत फागुन २८ गते ती महिलालाई बलात्कार प्रयास गरेको भनी सोही दिन पीडितका पतिले प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा प्रहरीले आरोपित लामालाई सोही दिन गिरफ्तार गरी चैत १७ गते अदालतमा मुद्दा दर्ता गरेको थियो । पीडित महिलाको चैत १ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments