Incident Reports

एमाले नेता यादव पुर्पक्षका लागि थुनामा

2016-04-08

Madhes, Dhanusha, Janakpur

जिल्ला अदालत धनुषाले दुईवटा हत्या र हातहतियार खरखजाना मुद्दाका आरोपी एमाले वैकल्पिक पोलिटब्युरो सदस्य योगनारायण यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। सोही मुद्दाका अर्का आरोपी दुर्गाप्रसाद साहलाई पनि पुर्पक्षका लागि थुना पठाएको हो। सिकिल राउत गडेरी वादी रहेको कर्तव्य ज्यान मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र उपाध्यायले ‘मुलुकी ऐन अदालती बन्दोबस्तको दफा ११८ को देहाय २ बमोजिम’ दुवै जनालाई तत्काल प्राप्त प्रमाणबाट दोषी ठहर गर्दै थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश सुनाएका हुन्। वादी सिकिल राउत मृतक रामसेवक राउत गडेरीकी पत्नी हुन्। सबैला १ स्थित मदन–आश्रित निमाविको व्यवस्थापन समिति गठन विवादमा २०७१ चैत ८ गते राति भएको भिडन्तमा स्थानीयवासी रामसेवकसँगै रामप्रगाश यादवसमेतको मृत्यु भएको थियो। १० जनाभन्दा बढी घाइते भएका थिए। मुद्दा सुनुवाइका क्रममा वादी तर्फबाट अधिवक्ता अनिलकुमार सदाको नेतृत्वमा लव मैनाली, सुरेन्द्र महतो, सीताराम मण्डल, विजयकुमार ठाकुर, धर्मेन्द्र शर्मा, किसोरी साह, केशव यादव, कृष्णकुमार झा तथा मुकेश कार्कीलगायतले बहस गरेका थिए। पूर्वसांसद तथा एमाले नेता यादवका पक्षमा अधिवक्ता दीपेन्द्र साहको नेतृत्वमा श्यामकुमार मिश्र, देवेन्द्र ठाकुर निराला तथा गोविन्द वस्तीलगायतका कानुन व्यवसायीले आफ्नो पक्ष राखेका थिए। अर्का मृतक रामप्रगाशकी पत्नी जानकीदेवी, बुहारी आशादेवी तथा छोरी रीनु देवी वादी रहेको अर्को कर्तव्य ज्यान मुद्दाको सुनुवाइ न्यायाधीश नारायणप्रसाद पराजुलीको इजलासमा जारी छ। वादी पक्षका कानुन व्यवसायी अनिलकुमार सदाका अनुसार यो मुद्दामा आदेश आउन अझै एक दुई दिन लाग्न सक्छ। त्यस्तै एमाले नेता यादवविरुद्धको हातहतियार खरखजाना मुद्दाको सुनुवाइ न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासमा जारी छ। विद्यालय व्यवस्थापन समिति गठन विवादमा भएको भिडन्तका क्रममा गम्भीर घाइते भएका रामसेवकको उपचार क्रममा काठमाडांैमा मृत्यु भएको थियो। रामप्रगाशलाई सोही राति गोली हानी हत्या गरिएको थियो। पीडित परिवारले यी दुवै घटनामा योगनारायण यादव तथा उनी पक्षका व्यक्तिहरू सहभागी रहेको किटानी जाहेरी दिएका थिए। एक वर्षदेखि एमाले शीर्ष नेताहरूको संरक्षणमा लुकीछिपी बस्दै आएका यादवलाई गत बुधबार काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याइएको थियो। दुवै हत्यामा संलग्न रहेको भन्दै पीडित पक्षले यादव, उनका भाइ महेन्द्र, जगदीश, रासविहारी र अक्षयलाल महतोलगायत ३९ जनालाई प्रतिवादी बनाई किटानी जाहेरी दर्ता गराएका थिए। आरोपीमध्ये केहीलाई यसअघि नै पुर्पक्षमा थुना पठाइसकिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Group Clash
Weapons None
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 2
National/Online Media

0 Comments

Related Reports