Incident Reports

फोटो पत्रकारमाथिको आक्रमणको भत्र्सना

2016-04-10

Bagmati, Kathmandu, Kathmandu

समाचार संकलनका लागि सिंहदरबार गएका फोटो पत्रकार कविन अधिकारीलाई प्रहरीले लाठी प्रहार गरेको भन्दै महासंघले आपत्ति जनाउका छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीद्वारा भइरहेको आन्दोलनको फोटो खिच्ने क्रममा प्रहरीले पत्रकार अधिकारीलाई लाठी प्रहार गरेको भन्दै महासंघले आपत्ति जनाएको हो। नेपाल पत्रकार महासंघले समाचार संकलनको क्रममा अनलाइन खबरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरेको घटनाले महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे। यसैबीच पिजे क्लबले फोटो पत्रकारमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ। क्लबका महासचिव विकास कार्कीले आइतबार एक विज्ञप्ति जारी गरी निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रियाको विरोधमा आन्दोरत कर्मचारीको समाचार संकलनका क्रममा प्रहरीले आक्रमण गरेको जनाइएको छ। विज्ञप्तिमा मुलुकको प्रशासनिक केन्द्र सिंहरबारभित्रै फोटो पत्रकारमाथि भएको आक्रमणको निन्दा गरिएको छ। पत्रकार अधिकारीको दाहिने खुट्टामा गम्भीर चोट लागेको र उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments