Incident Reports

Setopati: Assitant Officer arrested for taking bribe

2016-04-11

Assistant Officer Kumar Thapa of Area Forest Office, Magaragadi has been arrested for taking bribe. Commission for the Investigation of Abuse of Authority (CIAA) of Mid-Western Regional Office Surkhet, caught him red-handed taking Rs. 60,000 bribe. Thapa had created delay in dispatch of about 1102 cubic feet of different varieties of wood which was legally auctioned to related wood suppliers. He asked for Rs 60,000 for the job. Rs 60,000 was recovered from his residence. According to SP Dipak Thapa, investigation regarding the issue is going on. ईलाका बन कार्यालय मगरागाडी ,बर्दियाका सहायक बन अधिकृत कुमार थापा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत, सम्पर्क कार्यालय कोहलपुरबाट खटेको टोलीले उनलाई ६० हजार घुससहित पक्राउ गरेको हो । जनचेतना सामुदायिक बन उपभोक्ता समिती बनियाभार – ४ बर्दियाबाट कानुन बमोजिम लिलाम गरिएका साल,धौटी,असना,लिप्टिक सहित बिभिन्न जातका अन्दाजी ११०२ क्वी फिट गोलीया काठ सम्बन्धित काठ सप्लायर्सलाई समिलसम्म लैजाने प्रयोजनार्थ चलान स्विकृती दिनुपर्ने प्रचलित कानुन बमोजिम गर्नु पर्ने काम नगरी एक महिना देखि आलटाल गरेको र ६० हजार माग गरेका थिए। ६० हजार घुस रकम लिएको अवस्थामा ईलाका बन कार्यालय मगरागाडी ,बर्दियाको हाताभित्रै रहेको उनको निवासबाट घुस बापत लिएको रकम सहित रङ्गेहात नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको एसपी दीपक थापाले बताए।

0 Comments