Incident Reports

अन्नपूर्णको कार्यालयमा आक्रमणको भर्त्सना

2016-04-15

Bagmati, Kathmandu, Kathmandu

शुक्रवार राति अन्नपूर्ण पोस्टोको तीनकुनेस्थित कार्यालयमा भएको आक्रमणको पत्रकारसम्वद्ध संघ संस्थाले भर्त्सना गरेका छन् । नेपाल प्रेस युनिय काठमाडौं शाखाले शुक्रबारै राति एक वक्तब्य निकालेर आक्रमणको भर्त्सना गर्दै घटनाको छानबिन गरि दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको छ । पछिल्ला दिनमा सञ्चारकर्मी र सञ्चारमाध्यममा आक्रमणको श्रृखंला बढ्नु अत्यन्तै दु:खद भएको बताउँदै युनियनले प्रेसमाथिको आक्रमण कुनै पनि बहानामा असह्य रहेको बताएको छ । कुनै पनि वहानामा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामा कुठराघात गर्न खोज्नेलाई तत्काल पक्राउ गर्नुपर्छ,' युनियन काठमाडौंका अध्यक्ष नकुल अर्यालले निकालेको विज्ञप्तीमा भनिएको छ । त्यसैगरि नेपाल पत्रकार महास‍ंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले शुक्रबारै राति विज्ञप्ती निकालेर अन्नपूर्णमाथिको आक्रमणलाई निन्दनीय भएको बताएका छन् । उनले अन्नपूर्णको तीनकुनेस्थित कार्यालयमा भएको आक्रमणबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाली सञ्चार क्षेत्रमाथिको प्रहारका रुपमा यस घटनालाई लिएका छन् । उनले सञ्चारकर्मी एवम् सञ्चारमाध्यमको सुरक्षाको प्रत्याभूति दिलाउन पनि सरकारसँग आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments