Incident Reports

बलात्कारी बाबु पक्राउ

2016-04-16

Bagmati, Lalitpur, Mahalaxmi

फर्पिङ घर भई ललितपुर इमाडोलमा बस्दै आएकी तामाङ थरकी १७ वर्षीया एक युवतीलाई आफ्नै बाबुले डेढ वर्षदेखि निरन्तर बलात्कार गर्दै आएको रहस्य बाहिर आएको छ । पीडित युवतीले शुक्रबार प्रहरीसमक्ष यसबारे उजुरी दिएकी हुन्। बाबुले निरन्तर यौनशोषण गरेपछि पीडा सहन नसकी युवतीले वैदेशिक रोजगारका लागि कतारमा रहेकी आमालाई फोन गरेर जानकारी गराएकी थिइन् । आमाले नै उजुरी दिन सुझाव दिएपछि युवती प्रहरी कार्यालय पुगेकी हुन् । तीन महिनाअगाडि युवतीकी आमा कतार गएकी थिइन्। युवतीले प्रहरीसमक्ष दिएको बयानमा उल्लेख छ, 'कतार जानुअगाडि दिनभर गलैंचा बुन्न आमा बाहिर निस्किएपछि साँझमा मात्र घर आउनुहुन्थ्यो । बुबाले आमालाई भनिस् भने तँ र आमा दुवैलाई मारिदिन्छु भनेपछि भन्न सकिनँ।' महानगरीय प्रहरी वृत्त सातदोबाटोले शुक्रबार राति बलात्कारको आरोपमा ती युवतीका बाबुलाई पक्राउ गरेको छ । पीडित युवतीले बाबुले आफूमाथि गरेको यौनशोषणका बारेमा काका र फुपूलाई बताउँदा 'घरभित्रको कुरा बाहिर लैजानु हुँदैन, बेइज्जत हुन्छ' भन्दै घटना गोप्य राख्न दबाब दिने गरेको बयान पनि प्रहरीसमक्ष दिएकी छिन्। भर्खरै एसएलसी परीक्षा दिएकी युवतीले प्रहरीमा बयान दिएअनुसार बिहानपख घरबाट निस्किएका उनका बाबु साँझ रक्सीले मातेर कोठामा आउँथे। 'बुबा टन्न रक्सी पिएर आउँथे र मलाई कपडा खोल भन्थे, मैले चिच्याउँदा मुख थुनेर कसैलाई भनिस् भने तँलाई मारिदिन्छु भन्दै जबरजस्ती गर्थे,' युवतीलाई उद्धृत गर्दै सातदोबाटो वृत्तकी प्रमुख डीएसपी तारा थापाले अन्नपूर्णसँग भनिन्, 'प्रहरीमा उजुरी दिए पनि छुटेपछि मारिदिन्छु भन्दै धम्क्याउँदै आएका रहेछन्।' पीडित युवतीले आफूलाई बाबुले औषधि खुवाएरसमेत बलात्कार गर्ने गरेको बयान प्रहरीमा दिएकी छन्। 'राति बुबाले केके औषधि पनि कोच्याएर यौनशोषण गर्थे। बिहान उठ्दा जिउ सबै दुख्थ्यो। प्रहरीमा धेरै अगाडि उजुरी दिउँ जस्तो लाग्थ्यो तर एसएलसी परीक्षाका कारण रोकिएँ। ममीले पनि प्रहरीमा जाऊ र सबै भन भनेपछि म आएकी हुँ,' युवतीलाई उद्धृत गर्दै डीएसपी थापाले भनिन्। बाबुले दिएको शारीरिक पीडा सहन नसकी आफू फुपूको घरमा गएर बस्दा बाबु उतै पुग्ने र कुटपिट गरी झगडा गर्न थालेपछि आफन्तले समेत 'तेरो छोरी लैजा न त' भन्दै बेवास्ता गर्ने गरेको बयान पनि युवतीले दिएकी छन्। युवतीका भाइ भने आफन्तका घरमा बस्दै आएका छन्। डीएसपी थापाले भनिन्, 'युवतीको बयान सुन्दा आङ सिरिंग हुने खालको छ। उनले दिएको उजुरीका आधारमा बाबुलाई पक्राउ गरिएको छ, आइतबार अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थपेर थप अनुसन्धान गर्छौं।'
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments