Incident Reports

बाबुलाई बञ्चरोले हानेर हत्या गरेको आरोपमा छोरा पक्राउ

2016-04-13

बञ्चरोले हानेर बाबुको हत्या गरेको आरोपमा ओखलढुंगाको यसम-९ का भोटबहादुर सुनुवार पक्राउ परेका छन् । ८० वर्षका बाबु बलबहादुर सुनुवारलाई बञ्चरो हानेर हत्या गरेको भन्दै प्रहरीले भोटबहादुरलाई शनिबार बेलुका घरबाटै पक्रेको हो । प्रहरीका अनुसार वैशाख १ गते नयाँ वर्ष मनाउँदा घरायसी विवादमा भोटबहादुरले बाबुलाई बञ्चरोले हानेर घाइते बनाएका थिए । घाइते बाबुलाई उपचार गर्न नलग्दा तीन दिनपछि शनिबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक दीपेन्द्र शाहले बताउनुभयो । भोटबहादुरले बाबुलाई बञ्चरोले हानेको स्वीकार गरेको प्रहरीले बताएको छ । उनलाई गाम्नागंटार प्रहरी चौकीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक शाहले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports