Incident Reports

नयाँ वर्ष मनाउन गएका पर्यटक मृत भेटिए

2016-04-15

Gandaki, Tanahun, Bandipur

बन्दीपुर घुम्न गएका एक पर्यटक मृत भेटिएका छन् । नयाँ वर्ष मनाउन बन्दीपुर गएका काठमाडौं कपन निवासी २५ वर्षका किशोर कस्टीको शव शनिबार भेटिएको हो। एक्लै नयाँ वर्ष मनाउन बन्दीपुर पुगेका उनी वैशाख २ गतेबाट सम्पर्कविहीन थिए । बिहान ब्रेकफास्ट गरेर होटेलबाट हिँडेका उनी साँझ नफर्केपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनको खोजी भएको थियो। खोज्ने क्रममा होटेल नजिकैको भीरमा झोला छाडेका उनको शव रानीबनस्थित भीरबाट करिब एक सय मिटर तल भेटिएको प्रहरी नायबउपरीक्षक कृष्णकुमार महतले बताए। युवकको मृत्यु हुनुको कारण नखुले पनि घटनास्थलको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ । शवको पोस्टमार्टमपछि वास्तविक कारण खुल्ने उनले बताए।

0 Comments

Related Reports