Incident Reports

भारतको सीमाबाट ८ बालकको उद्दार

2016-04-18

Lumbini, Bardiya, Gulariya

सशस्त्र प्रहरीले नेपाल भारतको सीमावाट ८ जना बालकको उद्दार गरेको छ। बालश्रमका लागी भारत लैजाने क्रममा ८ जनालाई उद्दार गरेको प्रहरीले बताएको छ। सीमामा खटिएको सशस्त्र प्रहरी बलका हस्तबहादुर घर्तिले नेतृत्वको टोलिले ६२ बर्षीय जुदबहादर घर्तिलाई सोधपुछ गर्दा ८ जना बालकलाई वालश्रमको लागी भारतको देहरादुन लैजान लागेको खुलेको प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ। उद्धार गरिएका बालकालाई अभिभावकको खोजतलास गरि जिम्मा लगाईन डिएसपि नेत्रमणि गिरिले बताए। बालक लैजान लागेका घर्तिलाई प्रहरीले सोधपुछको लागी नियन्त्रणमा लिएको छ।
National/Online Media

0 Comments