Incident Reports

चन्दननाथ यातायातको बस तोडफोड

2016-04-19

Karnali, Jumla, Chandannath

चन्दननाथ यातायात प्रालि जुम्लाको गाडी तोडफोड भएको छ । कर्णाली राजमार्गमा सेवा सञ्चालनका लागि बैशाख १ गते जुम्ला पुर्‍याएका चन्दननाथका गाडीलाई कर्णाली यातायात ब्यवसायी संघले सञ्चालनमा अवरोध गरेको थियो । स्थानीय प्रशासनले चन्दननाथ यातायातका केही कागजपत्रहरु अपुग भएकाले सो कागजपत्र पुरा नहुन्जेल सम्मका लागि सञ्चालन नर्गन आग्रह गरेको थियो । प्रशासनका आग्रह अनुसार आफ्नो काउण्टर अगाडि पार्किङ गरी राखेको गाडीमा कर्णाली यातायात व्यवसायी संघले तोडफोड गरेको आरोप चन्दननाथ यातायात प्रालिका अध्यक्ष बखतबहादुर थापा मुन्नाले लगाएका छन् भने कर्णाली यातायत व्यवसायी संघका कार्यालय प्रमुख इन्द्र थापाले यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए । उनले भने, 'हाम्रो समिति र हाम्रा कर्मचारीहरुबाट कसैको पनि गाडीमा तोडफोड भएको छैन ।' चन्दननाथ यातायात प्रालिका ना ४ ख ७८०० र ना ३ ख ५०९० नम्बर बसको अगाडि पट्टीको सिसा ढुङ्गाले हानेर फुटाइएको छ भने ४ वटा बसको फोर्स लाइटमा क्षति पुगेको चन्दननाथ यातायात प्रालिले जनाएको छ । पटक-पटक यातायात व्यवसायीबीच विवाद हुँदा यात्रुहरुलाई सास्ती हुने गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 6
National/Online Media

0 Comments

Related Reports