Incident Reports

भारतीय सुरक्षाकर्मीबाट यसरी रोकिए छब्बीस नेपाली किशोर

2016-04-18

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले २६ नेपाली किशोरलाई सीमा क्षेत्रमा रोकेको छ । सोमबार कञ्चनपुरको गड्डाचौकीबाट भारत रोजगारीका लागि हिँडेका दैलेखका २६ किशोरलाई एसएसबीले सीमामा रोकेर स्वदेश फिर्ता गरेको छ । दैलेखका किशोर दुई समूह बनाएर रोजगारीका लागि भारत हिडेका थिए । दैलेखका १० वर्षदेखि २० वर्षसम्मका किशोर रोजगारीका लागि जान लागेका बेला एसएसबीले उद्धार गरी गरेको बताइएको छ । एसएसबीले रोकेका किशोरलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ । उद्धार गरिएका किशोर अधिकांश स्कुले विद्यार्थी छन् । उनीहरू दैलेखको ल्याटीबिन्द्रा र जम्बुकाध गाविसका रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरूलाई दैलेख ल्याटिबिन्द्रा गाविस–६ का कमल रावलले रोजगारीका लागि भारत लैजाँदे गरेको बताइएको छ ।

रोजगारीका लागि भन्दै भारत लगिँदै गरेका २५ जना बालबालिकाको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्दार गरिएको छ । भारतको कालापहाडमा विभिन्न काम लगाइदिने भन्दै २५ जना बालबालिकालाई लैजाँदै गर्दा प्रहरीले मंगरबार सीमाबाट उद्दार गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबार पत्रकार सम्मेलनको गरेर उद्दार गरिएका २५ जना बालबालिकालाई परिवार तथा आफन्तको जिम्मा लगाएको छ । बालबालिकालाई अवैध रुपमा भारत लग्दै गरेका दैलेखको लुयाटी गाविस–६ का कमल रावत र लुयाटी-५ का बखत बहादुर थापालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ अनुसार मुद्दा चलाइ कारवाही अगाडी बढाइने कञ्चनपुरका प्रहरी प्रमुख तुलसी प्रसाद अधिकारीले बताउनुभएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै पहिलो पटक यति धेरै संख्यामा भारत लैजाँदै गरेका बालबालिकाको उद्दार गरिएको हो । उद्दार गरिएका अधिकांश बालबालिका स्कुल पढ्दै गरेका बालबालिका हुन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 26
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 26
Youth Abducted 26
National/Online Media

0 Comments