Incident Reports

कुटपिटको बिरोधमा सशस्त्र प्रहरी, महिला आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी

2016-04-14

Madhes, Saptari, Rajbiraj, Ward 3

विषहरिया गाविस-८ घर भई राजविराज नपा-९ मा बस्दै आएकी विजयादेवी यादवले उनका पति सशस्त्र प्रहरीका इन्स्पेक्टर रामचरण यादवविरूद्ध सशस्त्र प्रहरी मुख्यालय, काठमाडौँमा वैशाख ६ गते उजुरी दिएकी छन् । पीडितले आवश्यक सहयोगका लागि राष्ट्रिय महिला आयोग र हेलो सरकारमार्फत प्रधानमन्त्रीको कार्यालयमा समेत उजुरीको बोधार्थ पठाएको बताएकी छन् । सुनसरीको सशस्त्र प्रहरी बल पकलीमा कार्यरत आरोपितले पछिल्लो पटक वैशाख २ गते राति कोठाभित्र प्रवेश गरी कुटपिट गर्नुका साथै नगद ३८ हजार रुपियाँ र महत्वपूर्ण कागजात खोसेर लगेको पीडितले बताइन् । पीडितले दिएको उजुरीमा आरोपितलाई विभागिय कारवाही गर्नुका साथै लुटेर लगेको सामान र सम्पति फर्काउन माग गरिएको छ । उनले सशस्त्र प्रहरी बल पकलीमा प्रत्यक्ष उपस्थित भई घटनाबारे जानकारी दिँदै आरोपितविरूद्ध उजुरी गर्दा सो कार्यालयका प्रमुखलेसमेत दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Robbery
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
INSEC

0 Comments