Incident Reports

चाउचाउ दिएर पाँच वर्षीयामाथि बलात्कार

2016-04-18

Gandaki, Lamjung, Rainas, Ward 1

पूर्वी लमजुङको राईनास नगरपालिका–१ की पाँच बर्षीया बालिकामाथि बलात्कार भएको छ । स्थानीय ५२ बर्षीय कृष्णबहादुर नेपालीले घरमा कोही नभएको मौका छोपी उनलाई बलत्कार गरेका हुन् । उनले बालिकालाई चाऊचाऊ र बिस्कुट दिन्छु भनी फकाएर बलात्कार गरेको बालिकालाई उदृत गर्दै परिवारले जनाएको छ । यसैबीच घटनमा संलग्न नेपालीले आफूले गल्ती गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । अभियुक्त नेपालीलाई सोमबार निजको घरबाटै नियन्त्रणमा लिई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय लमजुङ प्रहरी नायव उपरीक्षक शम्भु ढकालले जानकारी दिए । बालिका वलत्कार भएको परिवारले थाहा पाएपछि तत्काल प्रहरीलाई खवर गरेका थिए । प्रहरीमा उजुरी गर्न खोज्दा दोषी नेपालीले उल्टै पीडित परिवारलाई धम्क्याएको स्थानीयले बताएका छन् । पीडक नेपालीले यसअघि पनि गाउँमा उर्छङ्खल ब्यवहार गर्दै आएको स्थानीय बताउँछन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments