Incident Reports

हिंसा पीडित महिला चार दिन हिँडेर न्याय खोज्दै सदरमुकाम

2016-04-18

Karnali, Dolpa, Shey Phoksundo, Ward 2

साल्दाँग गाविस-४ लुरीकी ४८ वर्षीया छुक्कुमाया गुरुङले आफूलाई पति नुर्बुक्याल्जन गुरुङले प्रत्येक दिन कुटपिट गर्ने गरेको भन्दै न्यायको खोजीमा सदरमुकाम आएकी छन । पीडितले दिनहुँजसो कुटपिट गर्ने पतिलाई कारबाही गरि पाउँ भन्दै वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय दुनैमा उजुरी दिएकी छन् । घरमा काम गरिरहेको अवस्थामा वैशाख २ गते मदिरा सेवन गरी पतिले कुटपिट गरेपछि बाध्य भएर न्याय खोज्न सदरमुकाम आउनु परेको पीडितले बताइन् । घटनास्थल सदरमुकाम दुनैदेखि करिब चार दिनको पैदल यात्रा टाढा रहेको छ । उपल्लो डोल्पामा पर्ने विकट गाविस साल्दाँगमा आरोपित रहेकाले त्यस आसपासमा रहेको प्रहरी विटमार्फत गिरफ्तार गरेर ल्याउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ध्रुबराज राउतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
INSEC

0 Comments