Incident Reports

पत्नी हत्या गरेको आरोपमा गिरफ्तार

2016-04-17

Lumbini, Arghakhanchi, Malarani, Ward 4

खन गाविस-८ की ३३ वर्षीया राधीका विकको हत्या गरेको अरोपमा ३५ वर्षीय पति श्यामबहादुर विकलाई वैशाख ६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले वैशाख ४ गते साँझ मादक पदार्थ सेवन गरेर पत्नीसँग झगडा गर्दै कुटपिट गरेपछि डर त्रासले पत्नी छिमेकीको घरमा सुत्न गएकोमा भोलिपल्ट बिहान घर आएपछि घरेलु हतियार प्रयेाग गरी हत्या गरेको स्थानीयबासीले बताएको प्रहरीले जनाएको छ । पीडितका आफन्तले वैशाख ५ गते नै जिल्ला प्रहरी कार्यालयमा श्यामबहादुरविरुद्ध किटानी उजुरी दिएको प्रहरीले जनायो । उनको शवको पोष्टमार्टम वैशाख ५ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजनराज भण्डारीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments