Incident Reports

सासुको हत्याको अभियोगमा बुहारी नियन्त्रणमा

2016-04-17

Karnali, Rukum West, Banfikot, Ward 7

पश्चिमी मग्मा–५ की ७२ वर्षीय विष्णुकुमारी खत्रीको हत्या अभियोगमा उनकै कान्छी बुहारी १८ वर्षीया सुनिता खत्रीलाई जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको छ। सुनिता र विष्णुको माइती जाने विषयमा घरायसी विवाद हुँदा यही वैशाख ५ गते राति सो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अभियुक्त सुनिताका श्रीमान् दुई वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा रहेकाले सासु बुहारीबीचमा बेला बखत घरायसी विवाद हुने गरेको थियो। उक्त दिन पनि बुहारीले “माइती जान्छु” भनेपछि सासूले फलामको चिम्टीले हिर्काएपछि आफूबाट घाँटी थिचेर हत्या भएको स्विकारेको प्रहरी नायब निरीक्षक रुपेश खड्काले जानकारी दिए। अभियुक्त सुनितालाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद थप गरिएको छ। उनकी नौ महिनाकी छोरी पनि उनकै साथमा प्रहरी हिरासतमा छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports