Incident Reports

गोरखामा यात्रु बसमा ढुंगामुढा, तीन/चार यात्रु घाइते

2016-04-20

Gandaki, Gorkha, Gorkha, Ward 4

गोरखा–जिल्लाका कच्ची सडकमा एकाधिकार जमाएर सवारी गुडाउँदै आएको गोरखा यातायात व्यवसायी समितिआवद्ध समूहले यात्रुसहितको बसमा ढुंगामुढा प्रहार गरेका छन्। यात्रु बोकेको बसमा एक्कासी ढुंगामुढा प्रहार हुँदा चालकसहित तीनजना यात्रु घाईते छन्। आरुघाट यातायात प्रालिको ना ५ ख ७२११ नम्बरको बस गोरखा नगरपालिका फिनाममा तोडफोड गरिएको हो। आरुघाटबाट सदरमुकाम आउँदै गरेको बसमा प्रहार हुँदा यात्रुहरु बुद्ध लक्ष्मी श्रेष्ठ, मिना गुरुङ र चालक रामबहादुर रोका घाइते भएका प्रहरीले जनाएको छ। तोडफोडपछि भएको झडपमा एक महिला प्रहरी पनि घाइते छन्। बसमा प्रहार गर्ने उही समूहले चारवटा मोटरसाईकल समेत तोडफोड गरेका छन्। अरुघाट यातायात प्रालीसम्बद्ध व्यावसायीहरुको बा ७० प ६९०२, बा ६० प ५१५६, ग ६ प ७६५६ र बा ५५ प ८१०५ नम्बरका मोटरसाईकल तोडफोड गरिएको हो। तोडफोड गरिएको बस र चारवटा मोटरसाईकल सडकको बीचमा राखेर अहिले प्रदर्शन भैरहेको छ। सो क्षेत्रमा यातायात अवरुद्ध हुँदा यात्रु बिचल्लीमा परेका छन्। गोरखा जिल्लाका कच्ची सडकमा गोरखा यातायात व्यवसायी समितिको एकाधिकार रहँदै आएकोमा पछिल्लो समय अन्य यातायात समितिले पनि सेवा सुरु गरेपछि एकाधिकार तोडिने डरले गोरखा यातायात समितिले बेलाबेलामा अन्य व्यावसायीलाई आतंकित पार्ने र तोडफोडमा उत्रिने गरेका छन्। गोरखा यातायात समितिका अध्यक्ष रामहरी केसीले तोडफोडमा आफूहरुको संलग्नता रहेको स्वीकारेका छन्। [Please note that the number of injured cited in Nepali and English sources differs between three and four]
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 4
Totally damaged Vehicles 5
National/Online Media

0 Comments

Related Reports