Incident Reports

बलात्कारको कसुरमा पाँच वर्षकैद तथा जरिबानाको फैसला

2016-04-19

Madhes, Siraha, Laxmipur Patari, Ward 8

एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै नवराजपुर गाविस-४ का ३६ वर्षीय लक्ष्मीनारायण यादवलाई जिल्ला अदालत सिरहाले वैशाख ७ गते पाँच वर्षकैद तथा २५ हजार रुपियाँ जरीबानाको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले सो फैसला गरेको सरकारी वकिल मनोज आचार्यले जानकारी दिए । यादवले ती बालिकालाई ०७२ वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडितको आफन्तले इलाका प्रहरी कार्यालय लहानमा वैशाख १० गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख ९ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई वैशाख ९ गते नै गिरफ्तार गरेको थियो । जिल्ला अदालतले आरोपितलाई जेठ ३ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments