Incident Reports

बहुविवाह गरेको आरोपमा गिरफ्तार

2016-04-20

Madhes, Sarlahi, Godaita

गम्हरीया पर्सा गाविस-३ की २० वर्षीया रोविना नेसाको उजुरीले २३ वर्षीय पति सेख ईरफानलाई बहुविवाह गरेको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आफू घरमा हुँदा हुँदै विश्रामपुर गाविस-२ की २० वर्षीया ससिरा खातुन र ईरफानले विवाह गरेको भन्दै रोविना नेसाले वैशाख ८ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी ईन्सपेक्टर केशव रेग्मीले बताए । पति सेख ईरफानसँग आफ्नो जातीय परम्पराअनुसार ०६८ सालमा विवाह भएको थियो । हाल उनीहरूका ३ महिनाको एक छोरीसमेत छन् । तर, पतिले विश्रामपुर गाविस-२ की २० वर्षीया ससिरासँग ०७३ वैशाख १ गते विवाह गरेको पीडितले बताईन् ।

0 Comments