Incident Reports

श्रीमतीलाई आगो लगाउने श्रीमान् पक्राउ

2016-04-27

Karnali, Dailekh, Narayan

नारायण नगरपालिका – १ कुईकानाका एक ब्याक्तिले घरायसी विवादमा श्रीमतीलाई आगो लगाएर घाईते बनाएका छन्। बुधवार दिउँसो आपसी विवाद हुँदा मट्टिटेल खनाएर राजु नेपालीले श्रीमती अनिषालाई शरिरमा आगो लगाई घाईते बनाएका हुन्। श्रीमतिलाई आगो लगाएर राजु कुईकानाको जंगलतिर भागेको स्थानीयले खवर गरेपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनास्थलमा तत्काल प्रहरी टोलीले आगजनीबाट पीडित अनिषालाई जिल्ला अस्पताल ल्याएको थियो। प्रहरीले आगो लगाउने राजुलाई पनि जंगलमा लुकीरहेको अवस्था पक्राउ गरि हिरासतमा राखेको दैलेख प्रहरी प्रमुख (डिएसपी) वीरबहादुर ओलीले बताए। जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निर्मल रसाईलीले आगोबाट शरिरको ४५ प्रतिशत भाग जलेको बताए। जिल्लामा उपचार हुन नसकेपछि नेपाल मेडिकल कलेजमा रिफर गरिएको उनले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments