Incident Reports

क्यामिनस्थित एक घरमा आमा-छोरा मृत भेटिएपछि आफन्तहरुद्वारा छानविनको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ [Updated]

2016-04-28

Gandaki, Tanahun, Byas

पत्नी र छोराको हत्या गरेको आशङ्कामा गिरफ्तार क्यामिन गाविस-२ माझफाँटकी २५ वर्षीया रीता थापा र पाँच वर्षीय छोराको वैशाख १४ गते मङ्गलबार बिहान आफ्नै घरमा झुण्डिएर मृत्यु भएको घटनाको अनुसन्धान गर्न प्रहरीले रीताका पति नेपाली सेनाका हवल्दार मोहन थापालाई वैशाख १५ गते गिरफ्तार गरेको छ । रीताका माइती पक्षले सो घटना आत्महत्या नभई हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरीले थापालाई अनुसन्धानका लागि गिरफ्तार गरेको हो । घटनास्थलमा पुगेका प्रहरीका अनुसार घरको कोठाको ढोका भित्रवाट बन्द गरेर एउटै डोरीको पासो लगाई आमा छोरा झुण्डिएका थिए । तर, माइती पक्षले भने ढोकाको चुकुल लगाए पनि झयालको ग्रील निकालिएको अवस्थामा रहेको भन्दै उक्त घटना निकै शङ्कास्पद रहेको दावी गरेको छ । माइती पक्षले सङ्घर्ष समिति गठन गरेर उक्त घटनाको अनुसन्धान गर्न प्रहरीलाई दबाव दिएका छन् । माइती पक्षले किटानी जाहेरी दर्ता गर्न प्रयास गरेपनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप सङ्घर्ष समितिका नलबहादुर पाण्डेले बताए । उनीहरूले किटानी जाहेरी दर्ता नगरेसम्म शवको पोष्टमार्टम नगर्ने अडान लिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी कृष्णकुमार महतले सो घटनाको अनुसन्धान थालिसकेको बताए । उनले अहिले किटानी जाहेरी दर्ता गर्नु वा नगर्नुमा केही फरक नपर्ने भन्दै अनुसन्धानको क्रममा दोषी पाइए किटानी जाहेरी नपरे पनि मुद्दा चलाउने बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 2
National/Online Media

0 Comments

Related Reports