Incident Reports

जबर्जस्ती यौनधन्दामा लगाउने होटल सञ्चालक पक्राउ

2016-04-27

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

महिला कामदारलाई जवर्जस्ती यौन कार्यमा लगाएको आरोपमा पोखराका दुई होटलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीले दिएको उजुरीका आधारमा रेष्टुरेण्ट तथा होटल सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार पीडित ६ जना युवतीले दिएको उजुरीका आधारमा मुस्ताङ लेते घर भइ हाल हरिचोकस्थित अमृता रेष्टुरेन्ट सञ्चालन गर्दै आएका ४० वर्षीया विष्णु गौचन, उनका श्रीमान लक्ष्मण गौचन र रामबजारस्थित पर्वत मुना होटलका सञ्चालक ४६ वर्षीया गौमती गुरुङलाई पक्राउ गरिएको हो । उनीहरुलाई कास्की जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । वेरोजगार र आर्थिक विपन्नताका कारण रोजगारको लागि पोखरा आएका युवतीहरुलाई सुरुमा घर तथा होटलमा खाना बनाउने, भाडा माझ्ने, सरसफाइ जस्ता काममा लगाउने र विस्तारै होटलमा आएका ग्राहकसँग जबरजस्ती यौन कार्यमा लगाउने गरेको पीडितको आरोप रहेको प्रहरीको भनाइ छ । पोखरामा यौन व्यवसायमा संलग्नहरुलाई कास्की प्रहरीले कारबाही गर्न थालेपछि जबरजस्ती यौन व्यवसायमा लगाइएका युवतीहरुले आफू शोषणमा परेको जाहेरी प्रहरीमा दिन थालेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Private company
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 6
Female Raped 6
National/Online Media

0 Comments