Incident Reports

विप्लव माओवादीद्वारा गैर–सरकारी संस्थालाई गाँउ जान रोक

2016-04-29

Karnali, Jajarkot, Bheri

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी जाजरकोटले जाजरकोटमा कार्यरत रहेका गैर–सरकारी संघ–संस्थाहरुलाई गाँउ जान रोक लगाएको छ । भ्रष्टाचार गरेको रकम फिर्ता भएपछि मात्र गाउँ पस्ने अनुमति दिने विप्लव माओवादी जाजरकोटले जनाएको छ । ‘एकीकृत क्रान्तीको हाम्रो अभिभारा’ निशाना हाम्रो राष्ट्रघाती, भ्रष्ट्राचारी र दलाल सारा विषयक सदरमुकाम खंलगामा आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो । गैरसरकारी संस्थाहरुले आमुख पार्टीका कार्यकर्ता तथा आफू निकटकालाई भर्ती केन्द्र बनाउने र जनतामा जाने बजेटलाई बीचैमा सिध्याउने काम गरि भ्रष्टचार गरेकोले गाँउ जान रोक लगाइएको नेकपा माओवादीका केन्द्रिय सदस्य तथा भेरी ब्यूरो इन्र्चाज गगन बहादुर खड्का जीवनले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरुले ८० प्रतिशत बजेट आफूले खाएर जनतामा २० प्रतिशत मात्र बजेट पुर्याउने गरेकोले गैर–सरकारी संघ–संस्थाहरुलाई गाउँ पस्न नदिइने गरि अनिश्चितकालीन रुपमा बन्द गरिएको गरिएको भेरी ब्यूरो इन्र्चाज खड्काले बताए । जनतामा जाने बजेटलाई कटौती गरी तालीम, गोष्ठी, बैठक गरि पहुँचमा बजेट सिमित हुने गरेको उनको आरोप छ । जिल्लामा हुने यस्ता कार्यक्रमको खर्चमा कटौती गरी जनतामा जाने बजेटको वृद्धि गरिनुपर्नेमा उनको जोड थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Program Interference/Obstruction
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth na
National/Online Media

0 Comments