Incident Reports

विद्यालयमा अनिश्चितकालीन तालाबन्दी, पठनपाठन प्रभावित

2016-04-28

Karnali, Jumla, Chandannath

चन्दननाथ नपा-१२ स्थित भैरव मावि धुपी ढुस्काका विद्यार्थीले विषय शिक्षकको माग गर्दै वैशाख १४ गतेबाट विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालय व्यवस्थापन समितिले विज्ञान र गणित विषयको शिक्षक व्यवस्थापन नगरेको विरोधमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले दबावका लागि तालाबन्दी गरेको बताएका छन् । पहिलो त्रैमासिक परीक्षा आउँदासम्म शिक्षकको व्यवस्था नभएपछि दबाव दिन तालाबन्दी गरेको छात्र दुर्गा गिरीले बताए । 'हाम्रो पढाइमा विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सोचेन । यसको चाँडै समस्या समाधान होस् भन्ने उद्देश्यले तालाबन्दी गरेका हौं ।'-गिरीले भने ।

छात्रा सुमिना विकले विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको भन्दै तीन दिनभित्र शिक्षक व्यवस्थापन नगरे जिल्ला शिक्षा कार्यालयमासमेत तालाबन्दी गर्ने चेतावनी दिइन् । उनले भनिन्-'यसमा विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयको लाचारीपन देखिएको छ ।' विद्यालयका प्रधानाध्यापक भीमबहादुर नेपालीले शिक्षक व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिले पहल गर्न केही ढिलाई गरेको स्वीकार गरे । जिल्ला शिक्षा कार्यालयको कमजोरीका कारण विद्यालय अप्ठ्यारोमा परेको प्रधानाध्यापक नेपालीले आरोप लगाए । 'विद्यालयबाट चैत १० गते शिक्षक विद्यार्थी सबै मिलेर जिल्ला शिक्षा कार्यालयमा डेलिगेसन गयौं । विज्ञान शिक्षकको विज्ञापन गर्न अनुमतिका लागि कुरा राख्यौं । जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले जिल्ला शिक्षा समितिको बैठकबाटै शिक्षक पठाउन तत्काल पहल गर्ने आश्वासन दिएका थिए । तर, अहिलेसम्म कुनै पहल भएको छैन ।'-प्रद्यानाध्यापक नेपालीले भने । जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले सट्टा दरबन्दी भएकाले तत्काल केही गर्न नसकिने बताए । नीति, नियम र निर्देशिका अनुसार जाँदा सम्बन्धित विषयको शिक्षक नै पठाउनु पर्ने र त्यो पनि जिल्लाको संयन्त्र अनुसार जानुपर्ने जिशिअ फडेराको भनाइ छ । यो दरबन्दी स्रोत व्यक्ति लोकप्रसाद चौलागाईको नेपाली सट्टा दरबन्दी रहेको विद्यालयले जनाएको छ । शैक्षिक सत्र शुरु भएको फागुनदेखि गणित र विज्ञान विषय पठनपाठन नहुँदा कक्षा ९ र १० का एक सय ७८ जना विद्यार्थी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments