Incident Reports

Engineer arrested for corruption

2016-05-10

Bagmati, Bhaktapur, Bhaktapur

An engineer has been arrested by Commission for the Investigation of Abuse of Authority while taking bribe from Consumer Group for road construction. A team from CIAA arrested Engineer Subha Narayan Yadav of Department of Water Induced Disaster Prevention, Bhaktapur Division from a restaurant in front of Tuberculosis Center in Madhyapur Thimi while taking Rs 35,000 as bribe. सडकको जालीगारो लगाउने उपभोक्ता समितिसँग २० प्रतिशत घुस माग्ने एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको छ। जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय भक्तपुर जगातेका इन्जिनियर शुभनारायण यादवलाई मध्यपुर थिमिको क्षयरोग केन्द्र अगाडि रहेको स्टाफ भोजनालयबाट घुस बापतको रु ३५ हजार लिँदै गर्दा आयोग टोलीले पक्राउ गरेको हो। आयोगको टोलीका अनुसार सरकारको रु. तीन लाखको बजेटमा उपभोक्ता समितिमार्फत ग्याभिङ वाल (जालीगारो) लगाउने काम गर्दा अभियुक्त यादवले कुल बजेटको ३५ प्रतिशत रकम माग गरेकामा २० प्रतिशत रकम घुस लिने सहमति गरेका थिए। आज रु ३५ हजार र बाँकी रकम काम सकिएपछि लिने सर्तअनुसार घुस रकम लिँदै गर्दा आयोगको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ । रासस

0 Comments