Incident Reports

आमा बिरामी परेको भन्दै ‘बच्चाको अपहरण’, भागेर प्रहरीकहाँ पुगे बालक

2016-05-29

Madhes, Sarlahi, Bagmati

आमा बिरामी भएको भन्दै झुक्याएर अपहरणकारीको चंगुलमा परेका सर्लाहीका एक १३ वर्षीय बालकले भागेर ज्यान जोगाउन सफल भएका छन् । सर्लाहीको ढुंग्रेखोला–९ थलहीका राजेन्द्र महतोका स्कुले छोरा कुसे कुमार महतोलाई आइतबार बिहान करिब पौने ७ बजेतिर दुई मोटरसाईकलमा आएका चार अज्ञात व्यक्तिले अपहरण गरेर लगेका थिए । ‘म घरबाट किताब बोकेर स्कुल गएको थिएँ । कक्षामा किताब राखेर सडकमा निस्केको थिएँ । चार जना मान्छे आएर तिम्रो आमा बिरामी हुनुभयो र बाँच्न नसक्ने अवस्थामा छिन् भने, त्यसपछि म डराएँ ।’ अपहरणमा परेका ती बच्चाले रातोपाटीसँग भने । मोटरसाइलमा आएकाले यस्तो भनेपछि आफूले उनीहरुलाई घरसम्म लगिदिन आग्रह गरेको बालक कुसे महतोले बताए । बालकका अनुसार अपहरणकारीले उनलाई धरहरा भन्ने स्थानमा बोलाएका थिए । घटना सुनाउँदै उनले भने, ‘म दौडेर त्यहाँ गएँ, उनीहरुले मलाई पर्खेर बसेका थिए ।’ अपहरणकारीले कुसेको आमालाईसुख्खे पोखरी अस्पताल भर्ना गरिएको बताएका थिए । लगत्तै अज्ञात समूहले ती बच्चालाई सुख्खे पोखरी पु¥याए । त्यसपछि पूर्व–सर्लाहीको एक जंगलमा लगेर आफूलाई आँखामा पट्टी बाँधीदिएको बच्चाले बताएका छन् । अपहरणमा परेर हतास मनस्थितिमा रहेका ती बच्चाले प्रहरीसँग भनेका छन्- अपहरणकारीहरुले फल्याट गरिदिएर छोडिदिनुपर्छ भन्दै आपसमा कुरा गरेका थिए । प्रहरी कार्यालय बर्दिबास महोत्तरीका असई वीरेन्द्रकुमार सिंहले बालक कुराकानी गरेका थिए । अपहरणकारीहरु एक आसपमा गफिन थालेपछि उनीहरुको आँखा छलेर भागेको बालकले बताएका छन् । उनी भागेर जंगलमा दाउरा संकलन गर्दै गरेको महिला कहाँ पुगेका थिए । ती महिलाले आफ्नो आँखाको पट्टी खोलिदिएको उनले बताए । बालकका अनुसार आफु भागेको थाहा पाएपछि अपहरणकारीहरुले सुन–सुन भन्दै दौडेर बोलाउन आएका थिए । सडकमा पुगेपछि बस चढेर महोत्तरीको बर्दिबास आइपुगेका ती बालकको अबस्थावारे स्थानीयले प्रहरीलाई खवर गरेका थिए । चिन्तित मुद्रामा रहेका अबोध बालक अहिले इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीको सुरक्षामा छन् । बालकका आफ्न्तलाई बोलाउन सूचना पठाइसकिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक जिवन गिरीले बताएका छन् । उनले भने, ‘घटनाको बारेमा सर्लाही प्रहरीलाई जानकारी पठाइएको छ । थप अनुसन्धान गर्दैछौं ।’ बालकले आँखामा पट्टी बाँधेको र हात नबाँधेको भन्दै प्रहरी समक्ष दिएको बयानअनुसार १३ वर्षीय बालकले आफ्नो आँखामा बाँधेको पट्टी किन खोल्न सकेनन ? यसबारे थप अनुसन्धानको लागि बालकलाई जिल्ला प्रहरी कार्यालय सप्तरी पठाउन लागिएको प्रहरी निरीक्षक गिरीले रातोपाटीलाई जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments