Incident Reports

मन्दिरमा दलितलाइ विभेद गरेको आरोपमा पुजारी गिरफ्तार

2016-05-29

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 20

कास्कीको भदौरे तामागो गाविस-१ स्थित भदौरे देउराली माई मन्दिरमा जेठ ८ गते चण्डी पुर्णिमाको दिन दलितहरूलाई विभेद गरेको आरोपमा प्रहरीले पुजारी ७८ वर्षीय देविप्रसाद पौडेललाई जेठ १६ गते गिरफ्तार गरेको छ । जेठ ८ गते स्थानीय देउराली माईको मन्दिरमा पुजा गर्न भाकल समेत लिई गएका दलितहरूलाई विभेद गरी टिका नलगाइदिएको र टिका माग्दा पनि टिका नदिई जातीय विभेद गरेको भन्दै पीडितहरूले जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितहरुको उजुरीको आधारमा आरोपित पुजारी पौडेललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
INSEC

0 Comments