Incident Reports

Case filed on charge of attempting to traffic a girl

2016-06-08

A case has been filed against Manjesh Kumar Das, 23 of Saptari Rajbiraj at Court by District Police Office of Ilam on June 7 on charge of attempting to traffic a 16-years-old girl pre texting her of marriage. He was charged under Human Trafficking act according to the police. The victim’s family said that the girl was anaesthetized by the accused and was taken to India on May 29. Her father had lodged a complaint on June 6 at police office. Das was selling shampoos and soap in Ilam since two years. The incident was revealed after a girl told her parents about Das taking her in India despite of his commitment to marry her according to SP Sushil Kumar Yadav of DPO. Police have arrested Das on June 6, based on the complaint lodged by the victim’s family. He was taken into custody by the police for further investigation. The victim was sent to District Hospital of Ilam for health check up and was handed over to her family according to SP Yadav. Kokila Dhakal विवाह गर्ने बहानामा १६ वर्षीया एक बालिकालाई झुक्याएर बेचविखनको उद्देश्यले भारत लान खोजेको आरोपमा सप्तरी राजविराजका २३ वर्षीय मञ्जेसकुमार दासविरुद्ध जिल्ला प्रहरी कार्यालय इलामले जेठ २५ गते अदालतमा मानव ओसार पसार तथा बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेको छ । आरोपित दासले जेठ १६ गते ती बालिकालाई रेडबुलसँग लठ्याउने पदार्थ खुवाएर बेहोस बनाइ भारततर्फ लिएर गएको पीडितका परिवारका सदस्यले जनाएका छन् । पीडित बालिकाका अभिभावकले दासविरुद्ध मानव बेचविखनको उद्देश्यलेबालिकालाई भारततर्फ लगेको भन्दै जेठ २५ गते नै प्रहरीमा उजुरी दिएका थिए । दासले इलाममा दुई वर्षयता गाउँ-गाउँमा गएर साबुन-सेम्पो जस्ता घरेलु उपयोगका सामग्री बेचविखन गर्दै आएका थिए । जेठ १६ गते उपचार गर्न सदरमुकाम आउने क्रममा ती बालिकालाई आधा बाटोदेखि आफ्नो मोटरसाइकलमै ल्याएका दासले विवाह गरौं भनेर लगेपछि घर नलगेको र भारत लाने कुरा बताएपछि बालिकाले घरमा फोन गरेको जिल्ला प्रहरी कार्यालयका एसपी शुसिलकुमार यादवले जानकारी दिए । दासले झापामा ती बालिकालाई सात दिन राखेर भारत लाने बताएपछि अविभावकको उजुरीका आधारमा जेठ २४ गते साँझ बालिकासहित दासलाई झापा प्रहरीले गिरफ्तार गरेको थियो । झापाबाट गिरफ्तार गरिएका दासलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल इलाममा गरिएको र अहिले बालिकालाई अभिभावकको जिम्मा लगाइएको एसपी यादवले बताए । कोकिला ढकाल

0 Comments