Incident Reports

Court sentenced 10 years for human trafficker | मानव बेचविखनमा संलग्न रहेको ठहरमा १० वर्षको कैद फैसला |

2016-06-14

The District Court of Kapilvastu has ordered to sentence Jamir Kurmi,28 and Jevan BK,24 of Jukena VDC for 10 years each with a compensation of one lakh on charge of their involvement in Child Trafficking. The order was given by a single bench of District Court judge Keshav Prasad Bastola according to District Court Srestedar Mahesh Khanal. Both accused were arrested by police on February 21 from Krishnanagar while attempting to traffic a girl in India. The District Court had remanded both accused in custody on March 12. १५ वर्षीया बालिका बेचविखनमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतले कपिलवस्तु जिल्लाका २८ वर्षीय जमिर कुर्मी र अर्घाखाँची जिल्ला जुकेना गाविसका २४ वर्षीय जीवन विकलाई जेठ ३० गते दश/दश वर्षको कैद फैसला र १ लाख रुपियाँ क्षतिपूर्तिको फैसाल गरेको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालासले प्राप्त प्रमाणको आधारमा उक्त फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिए । बालिकालाई बेचविखनका लागि भारततर्फलैजाँदै गरेको अवस्थामा ०७२ फागुन १० गते प्रहरीले कृष्णनगरबाट आरोपित दुवै जनालाई गिरफ्तार गरेको थियो । उक्त घटनाका आरोपितलाई जिल्ला अदालतले ०७२ चैत ७ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

0 Comments