Incident Reports

Forest official caught while taking bribe

2016-06-18

A team of officers from the Commission for the Investigation of Abuse of Authority (CIAA) caught an assistant forest officer while receiving Rs 180,000 in bribe from timber contractor at Hetauda sub-metropolis-10 on Friday. Assistant Forest Officer Ram Krishna Kushle of Area Forest Office in Raksirang was arrested with the bribe money from a local hotel, said a CIAA officer. He added that they are preparing to take Kushle to Kathmandu on Saturday for investigation. घुस लिइरहेकेा अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमान्चल क्षेत्रीय कार्यालय हेटौडाको टोलीले रकमसहित सहायक वन अधिकृतलाई शुक्रवार पक्राउ गरेको छ । हेटौडा उपमहानगरपालिका १० स्थित एक होटलमा घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले दोलखा घर भई राक्सिराङ इलाका वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत रामकृष्ण कुश्लेलाई एक लाख ८० हजार रुपैयासहित पक्राउ गरेको हो । भार्ता गाविस १ स्थित बिलौने सामुदायिक वन उपभोक्ता समुहले प्रक्रिया पुर्‍याएर लिलाम गरेको हजार क्युफिट काठ ठेकेदारले ढुवानी गरेर लैजान खोज्दा सहायक वन अधिकृत कुश्लेले रोकेका थिए । कुश्लेले काठ ढुवानी गरेर लैजान घुस मागेकाले शुक्रवार ठेकेदारले एक होटलमा डाकेर एक लाख ८० हजार रुपैया घुस दिइरहेका थिए । त्यति नै वेला अख्तियारका डिएसपी यादब ढकालको टोलीले पुगेर रकमसहित कुश्लेलाई नियन्त्रणमा लिएको अख्तियारका क्षेत्रीय प्रमुख दुल्लुराज वस्नेतले वताए । थप अनुसन्धान र कानुनी कारवाही गर्न पक्राउ परेका कुश्लेलाई शनिवार काठमाण्डौ पठाउने छौ उनले भने ।

0 Comments