Incident Reports

CIAA drags tainted forest officials to Special Court

2016-07-05

The Commission for Investigation of Abuse of Authority (CIAA) on Monday filed a case at the Special Court in Kathmandu against the Assistant Forest Officer of Sector Forest Office in Kailali, Raj Kumar Malla, and Ranger Baburam Mijar on charge of bribery. Earlier, the duo were allegedly caught red-handed while taking bribe from service seekers. According to the CIAA, Malla and Mijar face charges as per the Section 3 of Prevention of Corruption Act 2002. The anti-graft body has sought maximum punishment — including penalty of Rs 25,000 and 51,000 penalty from Malla and Mijar respectively — against them. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्टर वन कार्यालय लम्की कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल र टीकापुरका रेन्जर बाबुराम मिजारविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अभियुक्त मल्लले नारायणपुर-९ का गोकर्णलाल डङ्गोलको जग्गामा रहेको सिमलको रुख कटान गरेर गोलियामा परिणत गरी बिक्री गर्दा विभिन्न बहाना बनाई रु २५ हजार ५०० मागेको पाइएको छ। यस्तै अभियुक्त मिजारले सोही गोलिया बिक्री गर्दा सेवाग्राहीसँग थप रु ५१ हजार मागेको पाइएकाले मुद्दा दायर गरिएको हो। अभियुक्त मल्ल र मिजारलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ। यसैगरी आयोगले पर्सा हरिपुर गाविसका तत्कालीन गाविस सचिव हेमन्तलाल कर्णले विभिन्न आवको रु १४ लाख ७१ हजार ५०० हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। कर्णले आव २०६५/०६६ र आव २०६६/०६७ को रकम फर्जी बिल भौचर बनाई हिनामिना गरेको र सरकारी रकम दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ। रासस

0 Comments