Incident Reports

Officer arrested

2016-07-07

Province 1, Jhapa, Damak

The Commission for the Investigation of Abuse of Authority today caught a Section Officer red-handed with a bribe of Rs 1,00,000 from a service seeker in Jhapa. The official has been identified as Nirmal Raj Khanal of Refugee Coordination Unit Jhapa, according to Rabindra Sharma, eastern regional CIAA Chief Itahari. However, the officials involved in the investigation didn't disclose the victim;s identity. Khanal was arrrested from Damak-based Gurkha Department Store. घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ। एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो। खनालले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आरोप छ । तर, अनुसन्धान अधिकारीहरुले भने सेवाग्राहीको नाम र सेवाका बारेमा खुलाउन चाहेको छैन। चन्द्रगढी दरबन्दी भएका उहाँले सेवाग्राहीको कामबापतको अवैध घुस रकम दमक–१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा लिँदै गर्दा पक्राउ परेका अख्तियारका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताए।

0 Comments