Incident Reports

Accused human trafficker nabbed

2016-07-10

Lumbini, Dang, Rapti, Ward 1

Police have arrested Raj Pun,36 of Lalmatiya VDC-3, Bhalubang and Mankala Sunar,42 of same place on July 8 on charge of trafficking two women aged 19 and 21. The victim women had lodged a complaint at District police Office on July 8. The accused were arrested for further investigation according to DSP Prakash Raj Sharma of DPO Dang. The accused had taken the victims to Gorakhpur through Krishnanagar duping for high earning job. The accused will be charged under human trafficking act, if found guilty according to police. J.N Sagar १९ वर्षीया र २१ वर्षीया दुई युवतीलाई बेचविखन गरेको आरोपमा लालमटिया गाविस-३ भालुवाङका ३६ वर्षीय राज पुन र सोही ठाउँका ४२ वर्षीया मनकला सुनारलाई प्रहरीले असार २४ गते गिरफ्तार गरेको छ । आफूहरूलाई भारतको गोरखपुर पुर्‍याएर भारतीय नागरिकसँग बसाएको भन्दै दुई युवतीले असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी प्रकाशराज शर्माले बताए । गोरखपुर मन्दिरमा रहेका बाबासँग भेटेर पुजा गरे लाखौं रुपिँया पाइने प्रलोभन देखाएर असार १२ गते ती युवतीलाई कृष्णनगर हुँदै गोरखपुर पुर्‍याइएको थियो । दुई युवतीलाई शरीरका सबै कपडा फालेर बाबासँग बस्न बाध्य बनाएर उनीसँग ध्यानमा बसे पैसा पाइने बताएपछि युवतीहरू भागेर असार २० गते नेपाल फर्केका थिए । आरोपितविरूद्ध मानव बेचविखनसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जे.एन.सागर

0 Comments