Incident Reports

Daughter-in-law beaten half to death over dowry

2016-08-09

Lumbini, Banke, Nepalgunj

In what can be dubbed as one of the brutal cases of domestic violence in Nepalgunj, an 18-year-old married girl was beaten mercilessly by her in-laws for failing to bring dowry. According to Banke District Police Office spokesperson DSP Bhim Kiran Bogati, Aasrun Jolaha of Balegaun, Nepalgunj-19 was beaten half to death by her husband Barsiya Wasim Jolaha, 24, and mother-in-law Babadaiya Jolaha. The police have arrested and filed a murder charge against the mother-son duo, informed DSP Bogati. Aasrun, who sustained fatal injury to her eyes, is receiving medical treatment at Nepalgunj Medical Hospital. The domestic violence case came into light after the victim was brought to the local Teaching Hospital for treatment. The victim, in her statement, has said that she was repeatedly beaten by her in-laws since her arranged marriage two years ago. दाइजो नल्याएको निहुमा श्रीमान सहित आफन्तद्धारा एक महिला माथि चरम यातना दिएका छन् । नेपालगन्ज उप महानगरपालिका १९ बालेगाउ (साविक भवानीयापुर १) की १८ वर्षिया आसरुन जोलहालाइ दाइजो नल्याएको भन्दै उनका श्रीमान , सासु , ससुरा र श्रीमानको काकाका छोरा सहितले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । २४ बर्षीया श्रीमान वासिम जोलहा अन्सारी र सासु बाबादैया जोलहा अन्सारी, ससुरा सब्बिर जोलहा अन्सारी र जेठाजु नसिम जोलहा अन्सारीले आफुलाई कुटपिट गरेको पिडित आसरुनले भनिन् । आसरुनको दुबै आँखामा गहिरो चोट लागेको छ शरिर भरि निलडाम रहेको छ । कुटपिट पछि बेहोस भइकी आसरुनलाई छिमेकीले एम्बुलेन्स बोलाएर उपचारको लागि नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज पाठएका थिए । अस्पताल आएको तिन घण्टा पछि मात्रै आसरुनको होस आएको थियो । ४ लाख दाइजो ल्याउदै भन्दै ४ महिनाले देखि आफुलाई कुटपिट गर्दै आएको आसरुनले बताइन । श्रीमान ४ महिनाअघि विदेशबाट आएपछि माइतीबाट घर गएकी आसरुनको दिनहु जसो यातनाको शिकार भइरहिन । विहा लगतै साउदी अरेविया गएका श्रीमन वासिम ४ महिना अघि नेपाल आएकी हुन । तल्लाले, मुक्काले , जे भेट्यो जेही पिट्थे , श्रीमान, सासु सुसुरा नन्द सबै दाइजो ल्या भन्दै कुट्थे – आसरुनले भनिन् । बाँकेका प्रहरी उपरीक्षक टेक प्रसाद राईले कुटपिटमा सम्लग्न श्रीमान वसिम, ससुरा बाबादैया प्रहरी पक्राउ गरेको बताए । कुटपिटमा संलग्न ससुरा सब्बिर जोलहा अन्सारी र काकाका छोरा नसिम अन्सारी भने फरार रहेको प्रहरीले जनाएको छ । आसरुनका माइती पक्षको उजुरीको आधारमा श्रीमान र सासुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राईले बताए । उनले श्रीमान र सासु विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको बताए । आसरुन र वासिमको २०७१ सालमा मागी विवाह भएको थियो । उनीहरुको एक बर्षको छोरा समेत रहेको छ । अहिले सम्म पनि दाइजो नदिएको भन्दै ज्यान लिनका लागि श्रीमान , सासु र ससुरालाई काका नसिमले उचालेर पिट्न लगाउने गरेको पिडित आसरुनले बताइन । हालै साउन २० गते पनि आसरुनलाइ उनका परिवारले कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालयमा अब यस्तो नगर्ने प्रतिबद्धता जनाउँदै माफि मागेपछि मिलापत्र भएको थियो । मिलापत्र भएकै दिन श्रीमान वासिमले आसरुनकोे ज्यान लिने भन्दै मोटरसाइृकलले खुट्टामा ठक्कर दिएर घाइते बनाएको थियो । पुन कुट पिट गरी सक्त घाइते बनाएपछि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको आसरुनका दाजु फारुक अन्सारीले बताए । अझै पनि मधेसी तथा मुस्लीम समुदायका महिलाहरु दाइजो नल्याएको भन्दै हिसां खेप्न बाध्य रहदै आएका छन् । दाइजोका आगो लगाएर जिउदै जलाउने, कुटपिट गर्ने घटना बाँकेमा हुदै आएका छन् । उपचारमा समस्या श्रीमान सहित आफन्तबाट चरम यातना पाएकी आसरुनलाई उपचार खर्च नभएपछि नेपालगन्ज मेडिकल कलेज घर पठाएको छ । सोमबार बेलुका अस्पतालले विदा गरि दिएपछि मंगलबार बेलुका पुन उपचारको लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याएको छ । पिडितका दाजु फारुकले मेडिकल कलेज निकाली दिएपछि घर लगेको बताए । पैसा र्तिन नसकेपछि नर्सिङ होमले घर पठाइदियो , फेरी आज भेरीमा ल्याएर भर्ना गरेका छौ – दाजु फारुकले भने । उनले आखाँ गम्भिर चोट लागेका कारण आखाँ अस्पतपाल समेत लगेको बताए । आँखा अस्पतालले फेरी भर्ना गर्नु पर्छ भनेपछि भेरीमा ल्याएका हौ – दाजु फारुकले भने ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1

0 Comments