Incident Reports

Woman dies after murdering her children

2016-08-20

A woman has died after forcing her children to consume poison. Basanti Chaudhary, 24, of Bhudaki of Belauri Municipality – 14 of Kanchanpur killed her daughter Jasmine Chaudhary, 7, and son Dipesh, 4, after a dispute with her husband Ramlal Chaudhary. The police and the locals had rushed Basanti – who too consumed poison – to Seti Zonal Hospital in Dhangadi for treatment where she died on Sunday evening, District Police Office (DPO), Kanchanpur said. The woman had taken her children to a sugarcane grove where she forced them to consume poison. The students after seeing Jasmine writhing in pain in the grove informed the villagers and the police. The son died at the site whereas the daughter died in course of treatment at Kolkata Health Post. Ramlal Chaudhary fell unconscious after the death of three members of his family, Inspector Gindra Bogati of Area Police Office, Beldandi said. He is undergoing treatment at Mahakali Hospital. Basanti reportedly gave a statement to the police claiming she committed the crime before her death. RSS आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन्। प्रहरीको सहयोगमा स्थानीयले बसन्तीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्याएका थिए। तर उनको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। छोराछोरीलाई आइतबार बिहान स्कुल पुर्याउन हिँडेकी बसन्तीले श्रीमान्सँगको विवादकै कारण उखुबारीमा गएर सो घटना घटाएको प्रहरीले जनाएको छ। स्कुल बिदा भइसक्दा पनि छोराछोरी घर नआएपछि गाउँमै रहेको स्कुल पुगेका रामलाललाई शिक्षकले स्कूलमा हाजिर नभएको जानकारी गराएका थिए। उखुबारीमा जस्मीन छट्पटाइरहेको अन्य स्कुले विद्यार्थीले देखेपछि तत्काल गाउँले उखुबारीमा पुगेका थिए। प्रहरीका अनुसार दीपेशको उखुबारीमै मृत्यु भइसकेको थियो भने जस्मीनको स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो। इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले परिवारका तीनै जनाको मृत्यु भएपछि रामलाल चौधरी पनि बेहोस भएका छन्। उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। प्रहरीका अनुसार आइतबार उपचारका क्रममा रहेकी बसन्तीले श्रीमानसँगको विवादको झोकमा आफूले घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 3
Female Killed 2
Youth Killed 2

0 Comments