Incident Reports

Two men arrested for giving 10 lakh rupees bribe to CIAA officials

2016-08-22

Bagmati, Kathmandu, Kathmandu

Commission for the Investigation of Abuse of Authority (CIAA) has arrested two men for giving 10 lakh rupees bribe to investigation officer at Durbarmarg. The arrestees are Tshering Wangel Sherpa, President of Buddha Academy Residency Secondary School Management Committee and Sonam Tshering Sherpa, President of Akhil Nepal Himali Buddhist Association. CIAA investigated about corruption of Nepal government grant and amount donated by various donors in Buddha Academy Residency Secondary School, Jorpati, Kathmandu. The arrestees used to call the investigation officer and ask him to make the case weak and stop the case. अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयोगका कर्मचारीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ। घुस दिन खोज्ने दुई जनालाई आयोगको टोलीले दरवारमार्गबाट १० लाख सहित पक्राउ गरेको हो। आयोगबाट खटिगएको टोलीले बुद्द एकेडेमी आवासिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल शेर्पा र अखिल नेपाल हिमाली वौद्द संघका अध्यक्ष सोनाम छिरिङ शेर्पालाई घुस रकम अनुसन्धान अधिकृतहरुलाई दिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको हो। बुद्ध एकेडेमी आवासिय माध्यमिक विद्यालय, जोरपाटी काठमाण्डौमा नेपाल सरकारको अनुदान रकम र विभिन्न दाताहरुले दिएको रकम समेत हिनामिना, हानी नोक्सानी गरी स्कूल नै बन्द भएको बारे अख्तियारले अनुसन्धान गरिरहेको थियो। उक्त विद्यालयमा भएको भ्रष्टाचारको अनुसन्धान प्रभावित गराउन उनिहरुले अनुसन्धान अधिकारीलाई प्रभावित पार्न खोजेका थिए। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल शेर्पा लगायतका उजुरीमा आरोपित व्यक्तिहरुले उजुरीको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतलाई पटक-पटक सम्पर्क गरी अनुसन्धानलाई कमजोर बनाई मुद्दा नचलोस भन्ने उदेश्य राखी अनुसन्धान अधिकृतहरुलाई घुस रकम दिन खोजेको हुँदा उनीहरु माथि कारवाही गर्न भन्दै अधिकृतहरुले आयोगमा उजुरी दिएका थिए। साथै यस प्रकरणमा संलग्न रहेका नर वहादुर वुढाथोकी हाल फरार रहेकोले आयोगले जनाएको छ। उनको खोजी भैरहेको आयोगले बताएको छ।

0 Comments