Incident Reports

क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या

2016-08-23

Karnali, Salyan, Sharada

जिल्ला कारागार सल्यानमा क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या भएको यहाँका कैदीबन्दीले गुनासो गरेका छन् । कारागार मा २० जना पुरुष र  पाँचजना महिलाको  क्षमता भए पनि हाल ८८ जना कै दीबन्दी र हे को  जे लर  बिक्रम के सीले  बताए  । क्षमता भन्दा तेब्बर भन्दा पनि बढी कैदीबन्दी हुँदा पर्याप्त खानेपानी, सहज रूपमा शौचालय प्रयोग गर्न नपाएको कारागारका कैदी जुद्धबहादुर बुढाले गुनासो गरे । एउटै कोठामा करिव १६ जना पालैपालो सुत्नु पर्ने समस्या र क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई नभएको कैदी महेन्द्र थापाले बताए । उनले भने-‘सरसफाईको अभावमा कारागारका २५ जना भन्दा बढी कैदीबन्दी भाइरल ज्वरोबाट पीडित भएका छन् ।’ कारागार मा ७० जना पुरुष, १६ जना महिला र  दुई नाबालक गरी ८८ जना र हे का छन् । के न्द्रमा पटक-पटक यो  समस्या सुनाउँदा पनि समस्या सामाधान नभएको  जेलर केसीले बताए ।

0 Comments