Incident Reports

Gorkha shutdown in protest of monitoring and detention

2016-09-25

The Gorkha Chamber of Commerce and Industry has enforced shutdown of Gorkha Bazaar since early this morning in protest of the detention of entrepreneurs for the past three days. The integrated market monitoring mechanism on Tuesday had arrested Anita Agro-vet Proprietor Ram Sharan Koirala, Anu Shrestha of Bishal Grocery Store and Iswor Shrestha of Shrestha Grocery Stores for selling the government-subsidized chemical fertilizers for profit motives. Assistant Chief District Officer Netra Prasad Sharma shared that the market shutdown was enforced to pressure to release the entrepreneurs from jail and protest the monitoring for without informing the concerned traders. Despite shutdown of the market, the vehicles are smoothly operating on the road here. RSS किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए। बिना सर्त छाड्नुपर्ने माग गर्दै बिहानैदेखि उद्योग वाणिज्य संघका पदाधिकारीले गोरखा सदरमुकामको मुख्य बजारमा माइकिङ गर्दै ब्यवसायीलाई बन्द गर्न भनेका छन्। अहिले गोरखामा बजार पूर्ण ठप्प छ। अझै यातायात ब्यवसायीलाई समेत बन्दमा सहयोग गर्न उद्योग वाणिज्य संघका पदाधिकारीले अनुनय गरेका छन्। बजार बन्दका कारण आज कृष्णजन्माष्टमीमा किनमेल गर्नेहरुलाई समस्या भएको छ। जिल्ला अनुगमन समितिले मंगलबार बजार अनुगमनका क्रममा ब्यवसायी रामशरण कोइराला, अनु श्रेष्ठ र ईश्वर श्रेष्ठको पसलबाट किसानका लागि कृषि सहकारीलाई दिइएको अनुदानको मल मिलेमतोमा बिक्री गरेको भेटिएको थियो। सहकारीका पदाधिकारीसँग मिलेर मल बेचेको भेटेपछि प्रशासनले पक्राउ गरी कालोबजारीअर्न्तगत मुद्दा दर्ता गरेर कारबाही गरेको बिरोधमा बजार बन्द गरिएको हो। ‘सहकारीले ब्यवसायीलाई मल ढुवानी गरिदिनुपर्‍यो भनेर ढुवानी गरिदिएको हो। यसरी कालोबजारी अभियोगमा मुद्दा दर्ता दिएर दुःख दिइयो। हामी बजार बन्द गर्न बाध्य भयौं,’ ब्यवसायीको बचाउ गर्दै उद्योग बाणिज्य संघका महासचिव भगवानबाबु मास्केले भने। तर ब्यवसायीले सहकारीलाई दिएको अनुदानको मल आफ्नो पसलको बिलमा पसलबाटै महँगोमा बिक्री गरेको बिलसहित मल नियन्त्रणमा लिएको अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। पक्राउ परेकाहरुलाई कालोबजारी तथा केही सार्वजनिक अपराध ऐनअर्न्तगत कारबाही भएको उनले बताए। अनुदानको मल बिक्री गर्नेलाई छुटाउन बजार बन्द गर्न नहुन केही ब्यवसायी बताउँछन्। तर उद्योग वाणिज्य संघसँग मिलेर ब्यवसाय गर्नुपर्ने भएकाले बाध्य भएर बन्द गर्नुपरेको गुनासो केही ब्यवसायीको छ। कहिलेकाँही मात्रै अनुगमन हुने गोरखाको बजारमा ब्यवसायी पक्राउ परेर कालोबजारीमा मुद्दा दर्ता भएको पहिलो पटक हो। अन्य पसलमा पनि अनुगमन हुन सक्ने, ब्यवसायीको भ्याट छली, अनुमतिभन्दा बढी कारोबार, महँगोमा बिक्री जस्ताकाममा प्रशासनले अंकुस लगाउन खोजेपछि ब्यवशायी अत्तालिएका छन्। बरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले भने- ‘हामीले ब्यापारीलाई अनुमति दिएका हुँदैनौं, सहकारीले निवेदन दिएपछि उसकै नाममा सिफारिस गर्ने हो, सहकारीले ब्यापारी सँग मिलेर बेचेछन्।’ मल बेच्ने सहकारीलाई सचेत गराउने उनले बताए। ब्यवायीहरुले वर्षौंदेखि सहकारीको नामबाट अनुदानको मल ल्याएर बेच्ने गरेको खुलेको छ। एक ब्यवसायीले भने ‘सहकारीसँग पैसा हुँदैन, एकै पटक धेरै ल्याउन सक्दैनन्, ब्यापारीसँग सहकारीले केही पैसा लिएर उसलाई आफ्नो कोटाको मल दिन्छन्।’ कृषि कार्यालयका कर्मचारीको पनि मिलेमतामा सहकारीले ब्यापारीलाई अनुमति दिएको पहिलेदेखि नै थाहा भएको ब्यापारी बताउँछन्। नाम बताउन नचाहने एक ब्यवसायीले भने ‘सहकारीले नै मल ल्याइदिनुपर्‍यो भन्छन्, केही पैसा सहकारीलाई पनि हुन्छन तपाईँलाई पनि भनेपछि हामी ल्याउँछौं।’ कृषि कार्यालयका कर्मचारीले पनि मल ढुवानी गर्ने सहकारी र ब्यापारीसँग आर्थिक लाभ लिने गरेको पुराना ब्यवसायी ठोकुवा गर्छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown

0 Comments