Incident Reports

Four women rescued from being trafficked

2016-09-04

Lumbini, Kapilbastu, Krishnanagar

Police have rescued four women from Krishnanagar on September 4 who were being trafficked to Kirgisthan through Krishnanagar check-post via Delhi. Police said that women aged between 20 to 30 from Gorkha and Rupendehi were rescued. Police have increased their watch at Krishnanagar check-post as human trafficker have been using this point for trafficking duping of foreign employment in India. The peace re establishment home and Area police Office of Krishnanagar have jointly rescued women who were being attempted to traffick in India luring them of job in Kirgisthan. The staffs from peace re establishment home had stopped them after those women said that they were being taken to Kirgisthan for foreign employment. In the financial year 2025/16, at least 40 to 45 women have been rescued from the check point of Krishnanagar of Kapilvastu according to coordinator Bhumi Raj Bhattarai of Peace re establishment home. Nanda Ram Paudel मानव तस्करीका लागि किर्गिस्तानतर्फ लग्दै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका हुँदै दिल्ली लैजाँदै गरिएका २० देखि ३० वर्षउमेर समूहका गोर्खाकी एक र रुपन्देहीका तीन जना युवतीको भदौ १९ गते कृष्णनगरबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । विभिन्न बाहानामा भारत तथा अन्य देशहरूमा वैदैशिक रोजगारीको नाममा दलालहरूले पछिल्लो पटक कृष्णनगर नाका प्रयोग गर्दै मानवतस्करी गर्न थालेकोले निगरानी बढाइएको पनि प्रहरीले जनाएको छ । किर्गिस्तान जाने भन्दै भारत जान थालेका युवतीहरूलाई कृष्णनगर सिमा क्षेत्रबाट शान्ति पुनःस्थापना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगरले उद्दार गरेको हो । दलालहरूले नै पासपोर्ट बनाई दिएको र फ्रि भिसा तथा अन्य सम्पुर्ण खर्च व्यहोर्ने गरी भारतको दिल्लीबाट किर्गिस्तान लैजाने गरी चार जना युवतीलाई कृष्णनगर नाकाबाट भारत लैजाने गरेको अवस्थामा उद्दार गरिएको थियो । मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको शान्ति पुनःस्थापना गृहका कर्मचारीले ती युवतीहरूलाई सोधपुछ गर्दा भारत हुँदै किर्गिस्तान जान लागेको बताएपछि रोकेका थिए । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै मानव तस्करहरूले कपिलवस्तुको कृष्णनगर, नेपालगञ्जको रुपेडिया नाका हुँदै भारतको दिल्ली पुर्‍याउने र त्यहाँबाट खाडी मुलुक पठाउने गरेको घटनाहरू सार्वजनिक हुँदै आएका छन् । कपिलवस्तुको कृष्णनगर नाका हुँदै वैदेशीक रोजगारका लागि विभिन्न खाडी मुलुकमा जान भनी हिँडेका करिव ४०/४५ जना युवतीलाई आ.व. ०७२/०७३ मा उद्दार गरी घर फर्काइएको शान्ति पुनःस्थापन गृहका संयोजक भूमिराज भट्टराईले बताएका छन् । नन्दराम पौडेल

0 Comments