Incident Reports

Dharan folks in agitation against government decision to widen road

2016-09-06

Province 1, Sunsari, Dharan

Residents of Dhankute in Dharan have started agitation against the government's decision to widen Dhankute road to six lane. Saying that many locals of Dharan would have to sacrifice their land, the residents have resorted to protest. The Road Division Office of Biratnagar and Dharan sub-metropolitan city Office has recently imposed a ban on sale of land along Dhankute-Sardukhola road section. More than 2000 residents of Dharan ward 7, 8, 10, 17, 18 and 19 who have land along the Dhankute-Sardukhola road staged protest at Dharan chanting slogans against the government. The protesters also staged sit-in before the sub-metropolitan city office for an hour. सरकारले सुनसरीको धरानदेखि चतरासम्मको सडकलाई ६ लेनको बनाउने निर्णय गरेपछि धरानवासी सरकारविरुद्ध सडक सर्घषमा उत्रिएका छन् । ६ लेन सडक बनाउँदा धरानको धनकुटे रोडदेखि सर्दु खोलासम्मका दुई हजारभन्दा बढी सर्वसाधारणको घरजग्गा सडकमा पर्ने भएपछि धरानवासी सरकारविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । सडक डिभिजन कार्यालय विराटनगर र धरान उपमहानगरपालिकाले धरानको धनकुटे रोडदेखि सर्दु खालासम्मको सडकको दायाँबाया दुवैतर्फका घरजग्गा बिक्री वितरणमा रोक लगाएपछि धरानवासी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । सरकारले साविकको धरान-चतरा सडकलाई ६ लेनको बनाउन छाडेर धनकुटे रोडमा सारेपछि आफूहरू अन्यायमा परेको भन्दै सरकारको निर्णयविरुद्ध सडकमा उत्रिनु परेको धरान ८ कामदन लिम्बूले बताए । ६ लेनको सडक बनाउँदा आफ्नो घरजग्गा सबै सडमा पर्ने भएपछि धरानको ७, ८, १०, १७, १८ र १९ वडाका बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्दै धरानमा विरोध प्रदर्शन गरेका छन् । धनकुटे रोडमा भेला भएका धरानवासीले ६ लेन सडक चाहिँदैन, सरकारको निर्णय गलत हो, धनकुटे रोड हाम्रो होलगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरे । दुई हजार परिवारलाई विस्तापित गरेर सडक निर्माण गर्नुभन्दा धरान-चतरा सडकलाई तीन कुनेदेखि पुरानो बीपी प्रतिष्ठान जाने बाटोबाट ६ लेनको सडक बनाइए सबैको हित हुने धरानवासीको भनाइ छ । धनकुटे रोडबाट निस्किएको विरोध र्‍याली, बुद्धमार्ग, भानु चोक, कलेज रोड, छाता चोक हँदै धरान उपमहानगरपालिकाको मुख्य गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा बूढाबूढी, केटाकेटीलगायतका दुई हजारभन्दा बढी सर्वसाधारण सहभागी थिए । प्रदर्शनकारीले उपमहानगरपालिका अगाडि पनि सरकारविरुद्ध नाराबाजी गर्दै एक घन्टा धर्ना दिएका थिए । उनीहरूले सरकारले साविकको छाता चोक हुँदै चतरा लाइनको बाटोलाई ६ लेनको सडक बनाउन छाडेर धनकुटे रोडलाई ६ लेन बनाउने निर्णय गरेपछि आफूहरू आन्दोलित हुनु परेको धरान ७ की भावना लिम्बूले बताइन् । धरान १९ का अबइन्द्र निरौलाले धनकुटे रोडदेखि चतरासम्मको ६ लेनको सडक बनाउँदा दुई हजारभन्दा बढी सर्वसाधारण घरबारविहीन हुने भएकाले उक्त सडकलाई बाइपास गर्नुपर्ने बताए । दुई हजार परिवारलाई विस्तापित गरेर सडक निर्माण गर्नुभन्दा धरान-चतरा सडकलाई तीन कुनेदेखि पुरानो बीपी प्रतिष्ठान जाने बाटोबाट ६ लेनको सडक बनाइए सबैको हित हुने धरानवासीको भनाइ छ । आन्दोलनमा उत्रिएका धरानवासीले धनकुटे रोधदेखि चतरासम्मको ६ लेन सडक बनाउने सरकारको निर्णय फिर्ताको माग गर्दै धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईलाई ज्ञापानपत्रसमेत बुझाएका छन् । सरकारले धनकुटे रोडदेखि चतरासम्मको ६ लेनको सडकलाई बाइपास नगरे सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी उनीहरूले दिएका छन् । धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत राईले धरानवासीको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायमा पुर्‍याउने आश्वासन दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Access/control of private land
Secondary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 2000
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments