CPN-M district committee of Rupandehi has concluded demonstration and protest assembly at Bhairahawa on Wednesday, 31 August.
They had requested government to solve slums problem through scientific settlement management.
They started rally from District Party Office at Barmelitol, Bhairahawa to Bhairav Bazar and end into protest at District Administration Offfice. They stated that they organized protest against the government work like using excavator to destroy slums without proper management of slums, arsoning slum area, etc.
Similarly, party have planned to organize demonstration and protest at Butwal on September 9 against upper Karnali and to secure national sovereignty.
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी मओबादी) जिल्ला समिति रुपन्देहीले भैरहवामा प्रदर्शन सहित बिरोधसभा सम्पन्न गरेको छ।
पार्टी केन्द्रिय समितिले घोषणा गरेको संघर्षका कार्येक्रम अन्तर्गत पार्टीले बुधबार रुपन्देहीको भैरहवामा बिरोधसभा गरको हो। बिरोध सभामा बोल्ने व्यक्तिहरुले उचित बेवास्था नगरिकन हटाउन नहुने जोड दिएका थिए।
उनीहरुले वैज्ञानिक बसोबासको व्यवस्था गरी सुकुम्बासी समस्या समाधान गर्ने सरकार संग आग्रह गरेको थियो। कार्येक्रममा नेकपा क्रान्तिकारी माओबादी रुपन्देहीका संयोजक भुल बहादुर सुनारी मगर, पार्टी नेता तिपू सुल्तान, अखिल नेपाल किशन संघ क्रान्तिकारीका केन्द्रिय सदस्य बिनोद मरासिनी, मुजिब अली लगाएतले बोलेका थिए।
भैरहवाको बर्मेलीटोलमा रहेको पार्टी जिल्ला कार्यालय बाट र्याली सुरु भई भैरव बजार परीक्रमा पछि जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर बिरोध परिणत भएको थियो। सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरिकन डोजर लगाएर उठाउने धान-खेतिमा डोजर लगाउने, सुकुम्बासी बस्तिमा आगजनी गर्ने जस्ता कार्य गरेको बिरोधमा पार्टीले रुपन्देहीको भैरहवामा बिरोध सभा गरेको जनाएको छ।
त्यस्तै पार्टीले भदौ २४ गते बुटवलमा प्रदर्शन सहित बिरोध सभा गर्ने जनाएको छ। राष्ट्रिय स्वाधीनताको रक्षा र अपर कर्लानीको बिरोध सभा गर्न लागेको बताए।