Incident Reports

post-mortem examination of dead could not happen

2016-08-15

The post-mortem of 27 persons who died recently in an accident at Birtadeurali of Kavre could not take place after a meeting held among the victim's relatives, transportation entrepreneurs, and local authorities could not come to a conclusion. Family and relatives of the victims staged demonstration at District Police Office, Dhulikhel and Banepa demanding proper compensation and action against the guilty of the accident. श्रावण ३२, २०७३- क्षतिपुर्तिका विषयमा सहमति नहुँदा मृतकको पोष्टमार्टम हुन सकेको छैन । मृतकका आफन्त, व्यवसायी र राजनीतिक दलहरुसहित जिल्ला प्रहरी कार्यलयमा बसेको बैठकले अबेरसम्म निष्कर्ष दिन नसकेपछि प्रकृया अघि नबढेको हो । प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले क्षतिपुर्तिको रकमको बिषयमा कुरा नमिलेको बताए । 'नियमले पाउने भन्दा बढीको माग भएपछि कुरा मिलेको छैन,' उनले भने, 'कुरा मिल्ने वित्तिकै पोष्टमार्टम गरेर शव सम्बन्धितलाई बुझाउछौँ ।' मृतकका आफन्तले शव बुझ्न इन्कार गरेका छन् । सोही कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा शवको पोष्टमार्टम हुन सकेको छैन । प्रहरीले दोषीलाई कार्वाही गर्ने सुनिश्चित नगरीकन शव बुझेको व्यहोराको मुचुल्का तयार पारेकाले इन्कार गरेका मृतक इन्द्रकुमारी लामाकी आफन्त सुनिता तामाङले बताइन् । उनले विमाबापतको रकमले केही समितिले थप गरेर कदिनुपर्ने बिषय पीडितले राखेको बताइन् । सिण्डिकेट खारेजी, दोषीलाई कार्वाही, उचित क्षतिपुर्ति, घाइतेको उपचार र आश्रति परिवारको पालनपोषणको माग अघि सारेका छन् । मृतक तथा घाइतेका आफन्तले उचित क्षतिपुर्तिको माग गर्दै जिल्ला प्रहरी कार्यलय, धुलिखेल र बनेपामा प्रदर्शन गरेका थिए । पोखरीचौरीका ढकप्रसाद गौतम र अर्का एकजना प्रहरीले नियन्त्रणमा लिएको छ । २७ जनाको ज्यान जाने गरी विर्तादेउरालीमा भएको दुर्घटनामा उनीहरुले यातायात समितिले नियमअनुसार क्षतिपुर्ति दिने बताउँदै आएको छ भने आफन्तले समितिको तर्फबाट थपेर दिनुपर्ने माग अघि सारेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown

0 Comments